बिजनेस

कम्पनीको नोक्सानलाई कम गर्न पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्यो : नेपाल आयल निगम


काठमाडौँ – नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपरेको बताएको छ । नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उहाँले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मुल्यवृद्धि गरीएको उहाँले प्रष्ट्याउनुभयो । आगामी दिनमा पनि मुल्यवृद्धि हुनसक्ने उहाँको भनाई छ ।

आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टीतेलको साबिकको विक्रि मुल्यमा २ रुपैयाँ वृद्धिगरी नयाँ खुद्रा विक्रि मुल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ ।