बिजनेस

रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिँदै ल्यायो बजेट


काठमाडौँ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालू आब ०७८/७९ को लागि ८५ करोड ८ लाख ६२ हजार बजेट प्रस्तुत गरिएको छ । बिहीबार नगरपालिकाको हलमा गरिएको नगरसभामा शिक्षा, पूर्वाधार,स्वास्थ्य र आर्थिक बिकासलाई प्राथमिकता दिएको छ । नगरपालिकाले आन्तरिक आर्यतर्फ १ करोड ५ लाख बजेट अनुमान गरेको छ ।

यस्तै, संघिय सरकार राजस्व बाँडफाँडबाट प्राप्त हुनेमा ११ करोड १५ लाख ६७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट २ करोड २१ लाख ५५ हजार रहने अनुमान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो ।
नगरप्रमुख रिजालले संघिय सरकारबाट प्राप्त हुने अनुदान तर्फ वित्तीय समानिकरण अनुदानतर्फ बाट १५ करोड ३४ लाख, समपुरक अनुदान तर्फबाट २ करोड ३९ लाख, विषेश अनुदान ३ करोड ३२ लाख र सशर्त अनुदानतर्फबाट ४५ करोड ५१ लाख गरि जम्मा रकम ६६ करोड ५६ लाख बजेट प्रस्तुत गर्नु भएको छ ।

यस्तै, प्रदेशसरकारबाट वित्तीय समानिकरण अनुदान ९९ लाख ४८ हजार,समपूरक अनुदान १ करोड ,सशर्त अनुदान २ करोड २० लाख ९२ हजार गरि जम्मा ४ करोड १० लाख ४० हजार रकम प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाले संघीय सशर्त कार्यक्रमतर्फको ३९ करोड ५२ लाख र संघिय सशर्त अन्र्तगतकै पुँजिगत कार्यक्रम तर्फ ५ करोड ९९ लाख रकम विनियोजन गरेको छ ।

संघिय विशेष अनुदानबाट संचालित आयोजनाहरुका लागि ३ करोड ३२ लाख,संघिय समपुरकबाट संचालित आयोजनाहरुका लागि २ करोड ३९ लाख र प्रदेश समपुरकबाट संचालित आयोजनाहरुका लागि १ करोड प्रदेश सशर्त कार्यक्रम तर्फ २ करोड २० लाख ९२ हजार संघिय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधीन र निर्माण हुने नयाँ आयोजनाका लागि १ करोड ९२ लाख बजेट बिनियोजन गरेको छ ।

यस्तै,वडागत पुँजिगत योजनाका लागि ४ करोड ५ लाख क्रमागत ठुला आयोजनाहरु संचालनका लागि २ करोड ७४ लाख ४६ हजार कार्यालयतर्फ प्रशासनिक खर्च १२ करोड ३५ लाख ३८ हजार र कार्यक्रम संचालन खर्च १ करोड ५५ लाख र वडागत चालू खर्च तर्फ १ करोड २३ लाख रकम विनियोजन भएको छ ।