अर्थनीति

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


काठमाडौँ – सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको बताएको छ ।

जसअनुसार आज छापावाल सुनको मूल्य ९० हजार ५०० र तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम छ । यस्तै आज चाँदीको एक हजार २९५ रुपैयाँ कायम छ। महासंघका अनुसार हिजो पनि सुनको मूल्य घटेको थियो ।