देश

क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ


काठमाडौँ – सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीका अधिकारीको फोटो दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ छन् ।

नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाएर दर्ज्यानी चिन्हको समेत दुरुपयोग गरेको मुद्दामा ब्यूरोले २० वर्षीय इसान लामिछानेमाथि सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।

ब्युरोका एसएसपी नविन्द अर्यालले प्रहरी अधिकारीको फोटो दुरुपयोग नगरिदिन पनि आग्रह गर्नुभएको छ ।