खेलकुद

विश्वकप हेर्न आउने दर्शकलाई कोरोनाको खोप


काठमाडौँ – कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख खेलप्रेमीलाई कोरोनाविरुद्धको खोप लगाइदिने भएको छ । कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउनेमध्येका १० लाखलाई कोरोनाविरुद्धको खोप दिने जानकारी दिएका हुन् ।

कोरोनाविरुद्धको खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेश गर्न अनुमति नपाइने भएकाले खोप दिने विषयमा कम्पनीहरुसँग छलफल भइरहेको उनको भनाइ छ । कतारमा २०२२ को नोभेम्बर २१ देखि फुटबलको विश्वकप सुरू हुने तालिका छ । कतारले कोरोना महामारीमा पनि विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन ।