कोरोना विशेष

पत्रकारलाई कारोनाविरुद्धको खोप तत्काल लगाउन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौँ – सर्वोच्च अदालतले पत्रकारलाई कोभिडविरुद्धको खोप तत्काल लाउने व्यवस्था गर्न आदेश दिएको छ । पत्रकार तथा अधिवक्तासमेत रहेका लिलानाथ घिमिरेले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो । न्यायाधीश कुमार चुडालको इजलासले सरकारलाई १५ दिनभित्रमा लिखित जवाफ माग्दै अन्तरिम आदेश पनि जारी गरेको हो ।

‘पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनू’, सर्वोच्च अदालतले जारी गरेको आदेशमा लेखिएको छ ।