राजनीति

बागमती प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


काठमाडौँ – बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत हुने भएको छ। दिउँसो साढे ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले कोभिड १९ को महामारी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको बागमती प्रदेश सरकारले जनाएको छ। त्यसै गरी रोजगारी सृजना अद्धमशिलता आर्थिक पुनर्उत्थानमा नीति कार्यक्रम केन्द्रीत हुने बताएको छ । यसै बीच प्रतिपक्षी दलहरुले भने नीति तथा कार्यक्रम र बजेट प्रदेशसभाबाट पारित गर्न नदिने योजना बनाएका छन्।