राजनीति

ओलीको प्रस्ताव इमान्दारितापूर्वक ल्याइएको होइन, लिखित जवाफ दिन्छौँ : माधव नेपाल


काठमाडौँ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने तयारी गरेका छन् ।

सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौंको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको एक नेताले जानकारी दिनुभयो ।

‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ ।