Breaking

तङ्ग्रिँदै ओली, एमाले फेरि कब्जा, विकल्प खोज्ने थाके, रवि–बालेनलाई नाफा कि घाटा ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफूविरुद्ध भएका घेराबन्दी तोड्दै सशक्त हुने बाटोमा छन् । पार्टीभित्रको आन्तरिक घेराबन्दी मत्थर पारेको सन्देश दिएका ओलीलाई चुनौती भने कायमै छ । जसोतसो विद्या भण्डारीलाई पार्टीमा ल्याएर आफूविरुद्ध लाग्ने सबैलाई ठेगान लगाएका ओली स्थानीय र प्रदेश निर्वाचन केन्द्रित हुन थालेका छन् । तर, आफू सशक्त भएको सन्देश दिन खोजेका ओली साँच्चै शक्तिशाली भए कि कमजोर, त्यो आगामी दिनमा देखिने नै छ । अहिले ओलीलाई वनको बाघले खाओस् नखाओस्, मनको बाघले खाइरहेको छ । त्यसैले उनी भन्दै छन्— ‘आफूहरूमाथिको घेराबन्दी अझै सकिएको छैन ।’ ठूला र बलियाहरूले बलजफ्ती गर्छन् भने त्यसलाई परास्त गर्नुपर्ने उनले बताएका छन् ।