राजनीति

मन्त्रिरिषद्मा जसपाका आठ मन्त्री र दुई राज्यमन्त्री थपिए, सपथ आजै


काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर समूह आज सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जानकारी गराउनुभयो । नेता कर्णले आजै बेलुकी साढे ६ बजे शपथको तयारी भएको बताउनुभयो ।

राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा जाने तय भएको छ । ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ पक्ष सरकारमा जान लागेको हो ।

स्रोतका अनुसार राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा, खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।