कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए १ हजार ३८४ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ८९७, ललितपुरमा २९९ र भक्तपुरमा १८८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ६ हजार ६६३ जना कोरोना संक्रमित थपिएका छन् भने १०१ जनाको मृत्‍यु भएको छ ।