देश

अपराधीलाई कानुनी दायरामा ल्याउछौं : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीलाई सरकारले कानुनी दायरामा ल्याउने बताउनु भएको छ । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा उहाँले त्यस्ता अपराधीलाई कडा सजाय दिनेमा सरकारले कुनै खाले सम्झौता नगर्ने स्प्रष्ट पार्नुभएको हो । ।
“मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने छ । छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ्र, ल्याइरहेको छ । त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन,” ओलीले भन्नु भएको छ ।
सरकारले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्ने संकल्प पूरा गर्नका निम्ति भेदभावरहीत सामाजिक न्याय र समानतासहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।