कोरोना विशेष

उपत्यकामा राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशप खोल्न पाइने


काठमाडौँ – निषेधाज्ञाको अवधिमा पनि काठमाडौँ उपत्यकामा सवारी साधन मर्मतका लागि वर्कसपहरु खुल्न पाउने भएका छन् । सरकारले सवारी मर्मत तथा डेन्टिङ पेन्टिङ गर्ने वर्कशपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्मका लागि खोल्न दिने निर्णय गरेको हो ।

बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुखहरुको बैठकले निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गर्दै वर्कशप खोल्ने सम्बन्धी यस्तो निर्णय गरेको हो ।