राजनीति

संविधान कार्यान्वयनमार्फत जनताको हातमा प्रतिफल पुर्‍याउन दत्तचित्त छु : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले संविधानको कार्यान्वयनमार्फत् जनताको हातमा प्रतिफल पु¥याउन दत्तचित्त भएको बताउनुभएको छ ।

शनिबार बिहान सैनिक मुख्यालयमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक गणतन्त्रलाई कसैको स्वार्थसिद्धिका लागि उपभोगको रुपमा अथ्र्यायन नहुने बताउनुभयो । सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु कर्तव्य भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा होमिन आह्वानसमेत गर्नुभएको छ । चुनाव हुँदैन र निश्पक्ष हुँदैन भन्ने प्रचार निराधार रहेको उहाँले जिकिर गर्नुभयो ।