समाचार

वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना पुष्टि, अस्पताल भर्ना


काठमाडौँ – कोरोना संक्रमणमा कारण वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

श्रेष्ठ जज रहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले सामाजिक सञ्जालमार्फत त्यहाँ भएको कोभिड परीक्षणमा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

यसअघि पनि भ्वाइस अफ नेपालका अर्का जज प्रमोद खरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी केही दिनअघि मात्र संक्रमणमुक्त भइसकेका छन् ।