समाज

मनिषाले गरिन् नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर सहयोग


काठमाडौँ – अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितको उपचारको लागि ४ ओटा भेन्टिलेटर मेशिन सहयोग गरेकी छन् । सामाजिक अभियन्ता कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर हस्तान्तरण गरेकी हुन् ।

कोरोना भाइरसको दोस्रो लहरसँगै फैलिएको महामारीमा अस्पतालमा बिरामीहरूलाई उपचारमा सहयोग पुर्‍याउन उक्त स्वास्थ्य सामाग्री सहयोग गरेकी हु्न् । नारायणी अस्पतालमा पनि कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।