कोरोना विशेष

काठमाडौँ उपत्यकामा संक्रमण घट्दै, १ हजार ४९३ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौमा १ हजार १३९, ललितपुरमा ११३ र भक्तपुरमा २४१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ६ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् भने १४५ जनाको मृत्‍यु भएको छ ।