कोरोना विशेष

कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोरबिजोर प्रणाली


काठमाडौँ – कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएको भन्दै कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । तरकारी ओसारपसारका लागि प्रयोग हुने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले जानकारी दिनुभयो ।

करिब ७० वटा सवारी साधन ढुवानीका लागि प्रयोग हुँदै आएको भट्टराईले बताउनुभयो । प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको थिएन । चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर–बिजोर प्रणाली लगाउनुपरेको भट्टराईले बताउनुभयो ।