राजनीति

एमाले स्थायी कमिटी बैठक जारी, निवर्तमान ११ सांसदलाई थप कारवाही गर्ने तयारी


काठमाडौँ – नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्ने बारे छलफल हुने बताइएको छ ।

यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको एक सदस्यले बताउनुभयो ।

अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बैठकले टुंगो लगाउनेछ । आज रिट निवेदनमा २३ जना निवर्तमान सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भइरहेको बताइएको छ ।