राजनीति

सांसद किन्दैमा ओलीले समर्थन पाउँदैनन्, नागरिकता बिधेयक पोलिटिकल ब्ल्याकमेल : उपेन्द्र यादव


काठमाडौँ – राष्ट्रपतिले आइतबार नागरिकता सम्बन्धि अध्यादेश जारी गरेपछि यसबारे मिश्रित प्रतिक्रिया आउन थालेको छ । समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले योहो टेलिभिजनसँग कुरा गर्दै नागरिकता बिधेयक पोलिटिकल ब्ल्याकमेल भएको बताउनु भएको छ । पहिले राष्ट्रविरोधी कार्य भनेर विरोध गर्दै आएका ओलीले नै यो अध्यादेश ल्याएपछि धेरैले यसलाई राजनीतिक सौदाबाजीका रुपमा हेरेका छन् । नागरिकता जस्तो संवेदनशील विषय राजनीतिक स्वार्थपूर्तीको साधन हुन नहुने उनीहरुको तर्क छ । यसै विषयमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग योहो टेलिभिजनमा गरिएको कुराकानी थप जानकारीका लागि पूरा भिडियो हेुर्नुहोस् ।

कुनै बेला नागरिकता चकलेटझै बाड्न सकिंदैन भनेर राष्ट्रवादी कहलिएका प्रधानमन्त्री केपी ओली आफैले अहिले सत्ता स्वार्थका लागि नागरिकता अध्यादेश जारी गरेपछि उनको नक्कली राष्ट्रबाद छताछुल्ल भएको छ ।