राजनीति

सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बार कुल्चिएको निष्कर्ष निकालेको छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सबै दलसँग छलफल गरेर गलत प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि जालसाझी गरेको बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । संविधानको मर्म र भावनालाई कुल्चने प्रवृत्तिलाई रोक्न सबै दलसँग छलफल गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो ।