कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए ३ हजार २३२ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौमा २ हजार ६००, ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ८ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् भने १९० जनाको मृत्‍यु भएको छ ।