कोरोना विशेष

कोरोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गर्ने बेलामा टेन्सबर्ग बियरका मालिकको निधन


काठमाडौँ – टेन्सबर्ग उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना उपचारपछि डिस्चार्ज गर्ने समयमा बिहीबार बिहान उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

कोरोना संक्रमण देखिएपछि उहाँ लामो समयसम्म अस्पतालमा भर्ना हुनुभएको थियो । तर केही दिनअघि उहाको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज हुने अवस्थामा पुगिसकेका बेला उहाँलाई पुनः गाह्रो भएपछि अस्पतालमा नै राखेर उपचारलाई निरन्तरता दिइएको थियो ।

सोही क्रममा उहाँको आज निधन भएको हो । खड्काकी श्रीमतीको समेत केही दिनअघि निधन भएको थियो । ५३ वर्षीय खड्काका २ छोरा र १ छोरी रहेका छन्। तेजेन्द्र खड्का र दुर्गा प्रसाईको संयुक्त लगानीमा मार्सी बियरको समेत उत्पादन सुरु भएको छ ।