कोरोना विशेष

भारतीय वैज्ञानिकले गरेको अनुसन्धान : हावामा २ घण्टासम्म रहन्छ कोरोना


काठमाडौँ – कोरोना भाइरस हावामा २ घण्टासम्म रहिरहने भारतका वैज्ञानिकले गरेको अनुसन्धानले देखाएको छ । यसैकारण २ मिटरको भौतिक दूरीले मात्र संक्रमण सर्नबाट बच्न नसकिने चेतावनी भारतीय वैज्ञानिकले दिएका छन् ।

इन्स्टिच्युट अफ मायक्रोबियल टेक्नोलजी (इमटेक), सेन्टरल इन्स्टुमन्टेसन साइन्टिफिक अर्गनाइजेसन (सीएसआईओ), सीसीएमबी र सीएसआईआरका विभिन्न प्रयोगशालाले गरेको संयुक्त अनुसन्धानले संक्रमितले सास फेरेको हावामा ऊ गइसक्दा पनि २ घण्टासम्म कोरोना भाइरस हावामा तैरिरहने निष्कर्ष निकालेको हो ।

यस अनुसन्धानका आधारमा मानिसलाई निवास वा कार्यालयहरूमा स्वास्थ्य सतर्कताका मापदण्ड परिवर्तन गर्न सिफारिस गरिएको छ । अनुसन्धान प्रतिवेदनअनुसार भाइरसका ड्रपलेट्स बोल्दा, गीत गाउँदा, खोक्दा वा हाच्छिउँ गर्दा हावामा फैलिन्छन् ।