देश

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको पशुपति आर्यघाटमा अन्त्येष्टि


काठमाडौँ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बरालको ९३ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासमै निधन भएको हो । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललगायत प्रहरी उच्च पदस्थ अधिकारीहरु आर्यघाटमा पुगेर बरालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

महानिरीक्षक क्षेत्रीले बरालको शवमा नेपाल प्रहरीको झण्डा ओडाएर सम्मान गरेका थिए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।