समाचार

संक्रमितलाई निःशुल्क अस्पताल लैजान थापाको यातायात अभियान


काठमाडौँ – कोभिड १९ संक्रमण भएर घरमै बसेका संक्रमितलाई अस्पताल जान कांग्रेस सांसद गगन थापाले निःशुल्क यातायात अभियान सुरु गरेका छन् । काठमाडौँ क्षेत्र नं.४ को नेतृत्वमा बुधबारदेखि अस्पताल जाने संक्रमितका लागि निःशुल्क यातायात सुरु गरिएको सांसद थापाले बताएका छन् ।

फेसबुकमा यसबारे भिडियो सन्देश जारी थापाले निषेधाज्ञामा अरु यातायातका साधन नहुने भएकाले अस्पतालसम्म जानका लागि निःशुल्क यातायात सुरु गरेको बताएका छन् । घरबाट अस्पताल, आइसोलेशनमा जानका लागि निःशुल्क गाडी चढेर जान सकिने पनि उनले बताएका छन् ।

यसका लागि काठमाडौँ महानगरपालिकाका तर्फबाट ९८५१०९६३०३, बुढानिलकण्ठ नगरपालिकाका तर्फबाट ९८५१०६५२५६ मा सम्पर्क गर्न सांसद थापाले नम्बर उपलब्ध गराएका छन् । यस्तै हटलाइनका लागि ९८६०३४०५८७ मा पनि फोन वा एसएमएस गर्न सकिने सांसद थापाले बताएका छन् ।