कोरोना विशेष

नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि


काठमाडौँ – नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । गत साता विश्व स्वास्थ्य संगठनको समन्वयमा देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । हाल पत्ता लागेको दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।