खेलकुद

धनगढीलाई हराउँदै काठमाडौँ च्याम्पियन


काठमाडौँ – मुलुकको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगको उपाधी काठमाडौँ रेजर्सले जितेको छ ।

शनिबार दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौँ रेजर्सले धनगढी सिटी एफसीलाई १-० गोलले पराजित गर्‍यो ।

काठमाडौँ रेजर्सले पहिलो हाफमा नै अग्रता लिएको थियो । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१ औं मिनेटमा गोल गरेका थिए । जारी लिगमा उनको यो आठौं गोल थियो ।