राजनीति

राप्रपाको भोट बादललाई


काठमाडौँ – राप्रपाले राष्ट्रियसभा उपचुनावमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् ।

अध्ष्क्ष कमल थापाले शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए ।

राप्रपाका एक नेताका अनुसार यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको हो । ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ’, ती नेताले भने ।

वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा। खिमलाल देवकोटा पनि उम्मेदवार छन् ।