कोरोना विशेष

निषेधाज्ञामा पनि घटेन संक्रमण र मृत्युदर : स्वास्थ्य संकटकाल लगाउने बेला आएको हो ?

अझै कहिलेसम्म लापरबाही ?


काठमाडौँ – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि भन्दै निषेधाज्ञा जारी गरेको १२ दिने पुरा भईसकेको छ । तर, निषेधाज्ञा जारी गरेपनि कोरोना संक्रमणको दरमा भने कमी आएको छैन। यता विज्ञ पनि अझै मानिसहरुमा सतर्कता अपनाउनुपर्छ भन्ने चेत नखुलेकोले थप भयावहको अवस्था आउने दाबी गर्छन् ।

नेपालमा कोरोना संक्रमित देखिन थाले देखि विभिन्न मध्यमबाट स्वास्थ्य मापदण्ड अपनाउन र यसबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिदै आइरहेको छ । तर,पनि सर्वसाधारणले सुरक्षा शतर्कता नअपनाउदा संक्रमण मात्रै बृद्धि भएको छैन, नागरिकको मृत्युदर पनि डरलाग्दो रुपले बढेको छ । कोही अक्सिजनको अभावमा त, कोही अस्पताल जान नपाउँदै ज्यान गुमाउन बाध्य छन् ।निषेधआज्ञा लागू भएको दूई साता हुन लागेकोछ, तर संक्रमणको दर ओरालो लाग्ने संकेत देखिएको छैन ।

निषेधाज्ञा भएदेखि नै ८ देखि ९ हजार बढि संक्रमित हरेक दिन थपिएको मन्त्रालयको तथ्यांकले देखाउँछ।कडा निषेधाज्ञा लागु भएको काठमाडौं उपत्यका मात्र दैनिक ४ हजारभन्दा बढि नयाँ संक्रमितहरु भेटिएका छन्।सरकारले कडाइ गर्न नखोजेको त होइन, तर मानिसहरुको व्यवहार परिवतर्न नभएको कारणले गर्दा संक्रमण नियन्त्रण हुन नसकेको विज्ञ बताउँछन् ।

आवतजावत चलिरहेको छ । बैंकहरु पनि खुला छन् । तरकारी पसल, किराना पसलमा बिहान बेलुका भिडभाड हुन्छन् । यस्ता गतिविधिका कारणले पनि संक्रमण बढेको देखिन्छ।

अझै पनि स्वास्थ्य मापदण्डको पुर्ण पालना भएको छैन । कोरोना भाइरसलाई चेन ब्रेक गर्नका लागि कम्तीमा ३ हप्ता पूर्ण लकडाउन गर्नैपर्छ । त्यसका लागि परीक्षण, उपचार र नियन्त्रणमा सरकारले पूर्ण रुपमा ध्यान दिर्नुपर्दछ । निषेधाज्ञापछि पनि जनताले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने हुन्छ । नत्र अहिलेको भयावह अवस्था थप दर्दानाक हुने निश्चित छ ।