अर्थनीति

मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आजदेखि खुल्यो


काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत परियोजनाले आज मंगलबारबाट आईपीओ सर्वसाधरणकालागि खुला गरेको छ । कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि मात्र सेयर निष्कासन गरेको हो ।

  • कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये ३०% ले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस)का स्थानीयलाई छुट्याइएको छ।

यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर भने सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने सकिने बिक्री प्रकन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

मध्य भोटेकोशी जलविद्युत् सन् २०१० मा स्थापना भएको कम्पनी हो । यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्य भोटेकोशी आयेजना निर्माण गरिरहेको छ। यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब छ । यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ ।