देश

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने


काठमाडौँ – पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बढिरहेकाले आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ । आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले अनिश्चितकालका जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले मन्त्रिपरिषदले निर्णय गरेको आफुले पनि सुनेको जानकारी गराउँदै तर लिखित रुपमा चिठी नआइसकेको बताउनुभयो । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म १२औं जनगणना गर्ने तयारी थियो । नेपालमा वि.सं. १९६८ देखि हरेक दस–दस वर्षमा जनगणना हुने गरेको छ ।