मनोरञ्जन

गुराँसको ओठबाट लाली बोलको गित सार्वजनिक


काठमाडौँ – संगीतकार तथा गायक दिपक पाठक र गायिका सुनिता थेगिम लिम्बुको स्वरमा गुराँसको ओठबाट लाली बोलको गित सार्वजनिक भएको छ । रश्मी मैनालीको शब्दमा दिपक पाठकको संगीत रहेको गितको एरेन्ज र गितार विश्व अधिकारीले गरेका हुन भने नागेन्द्र बिक्रम राईले फ्ल्युट र रेकर्ड मिक्स मास्टर विप्लव अधिकारीले गरेका छन् । ओपल रेकर्डीङ स्टुडीयोमा रेकर्ड गरीएको गितलाई दिलकुमारी श्रेष्ठ दिपाले निर्माण गरेकी हुन । भिडियोमा याङशु श्रेष्ठ र इन्द्र नेवारको आकर्षक अभिनय रहेको छ भने भिडियोलाई निर्देशक सुन्दर खड्काले निर्देशन गरेका हुन ।
उत्सव दाहालले सिनेम्याटोग्राफी गरेको गुराँसको ओठबाट लाली गीतको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । फिल्मी शैलीकोको गुराँसको ओठबाट लाली बोलको गितको भिडियो पनि उत्तिकै आकर्षक रहेको छ । भिडियोमा कालिञ्चोक लगायतका स्थानहरुमा छांयकन गरीएको छ । दिपक पाठक युट्युब च्यानलबाट अपलोड गरीएको भिडियोलाई दर्शकहरुले अत्यन्तै मन पराएका छन् ।