राजनीति

जसपाका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा बसेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा विहान शीर्ष नेताहरुबीच छलफल भएको हो ।

‘जसपाका एक नेताका अनुसार यो औपचारिक बैठक नभएर शीर्ष नेताहरु बीच अनौपचारिक छलफल भएको जनाकारी दिनुभयो । उनका अनुसार, छलफलमा शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्नेमा जसपाले प्रष्ट निर्णय गर्न सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि जसपाको निर्णय कुरेर बसेको छ