कोरोना विशेष

उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण


काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री रायमाझीलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।

रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उनी हालै गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागि भएर काठमाडौँ फर्किएका थिए।