गण्डकी प्रदेश

गण्डकी प्रदेश : मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबल


काठमाडौँ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध गण्डकी प्रदेश सभा बैठकमा आज अविश्वास प्रस्ताव टेबुल भएको छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्तुत गरेका हुन् । गत वैशाख २ गते मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि गत वैशाख १ गते राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य भएको थियो। अहिले सांसदहरूलाई छलफलका लागि सभामुखले समय दिएका छन् ।