कोरोना विशेष

भारतमा कोरोना महामारीको संकट गहिरिँदै


काठमाडौँ – दैनिक उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा थप साढे तीन लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
योसहित भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार नाघेको छ । भारतमा मृत्युदर पनि दैनिक बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय भन्दा धेरै संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म १ लाख ९५ हजारभन्दा बढकिो मृत्यु भएको छ । भारतमा कोरोना महामारीको संकट गहिरिँदै गएपछि अमेरिकाले कोभिशिल्ड खोप उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि सहमति दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गर्दै भारतमा गहिरिँदै गएको कोरोना संकट न्यूनीकरणका लागि सहयोग गर्न लागिएको जानकारी दिएका छन् । उपराष्ट्रपति कमला ह्यारिसले पनि कोभिड महामारीको संकटको बेला आफूहरू भारतको साथमा रहेको बताएकी छिन् । पछिल्लो २४ घण्टामा विश्वभर ७ लाखभन्दा बढी संक्रमित थपिँदा साढे ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।