गण्डकी प्रदेश

गण्डकीमा काँग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौँ –गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

गण्डकी प्रदेश सरकार पुनर्गठन र आगामी रणनीतिबारे शनिबार दिउँसो काँग्रेसले आन्तरिक छलफल गर्न लागेको काँग्रेसका गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले जानकारी दिनुभयो । नयाँ सरकार निर्माण लागि आइतबारलाई गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका आह्वान गरिएको छ । यस विषयमा छलफल गर्न शनिबार काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आन्तरिक गर्दै छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमों) र जसपाबीच समझदारी बनेको छ । उनीहरुसँग बहुमत देखिएकाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै देखिएको छ । काँग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।