राजनीति

हेटौँडामा जोर बिजोर प्रणाली लागू हुने


काठमाडौँ – बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुने भएको हो । हेटौंडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौंडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालयको भनाई छ ।