कोरोना विशेष

कोरोनाका कारण पाँच जनाको मृत्यु


काठमाडौँ – नेपालको पश्चिमी जिल्ला बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका बाँकेका चारजना र रुपन्देहीका एकजना रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई महिला र दुई पुरुषको मृत्यु भएको हो । यस्तै स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जमा एक महिलाको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ । बाँकेमा संक्रमणको दर दिन–प्रतिदिन बढ्दै गएको हुनाले त्यहाँ अहिले एक साताका लागि लकडाउन गरिएको छ ।