बिजनेस

सर्लाहीको लालबन्दीमा डालीमार्ट नामक डिपार्टमेन्ट स्टोर संचालन


काठमाडौँ – सर्लाही जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा बुधवारबाट करिव १० करोड लगानीमा डालीमार्ट नामक डिपार्टमेन्ट स्टोर संचालनमा आएको छ । लालबन्दीमा २०५२ सालदेखि व्यवसाय गर्दै आएका हरिवन नगरपालिका–११, निवासी युवा व्यवसायी अर्जुन रायमाझीले एकल लगानीमा लालबन्दी नगरपालिका–७, स्थित मरिण चौक नजिक सो डिपार्टमेन्ट स्टोर संचालनमा ल्याएका हुन् ।

डिपार्टमेन्ट स्टोरको वुधवार बिहान पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दीका जनप्रतिनिधि, व्यवसायी, समाजसेवीलगायतको उपस्थितिमा उदघाटन गरिएको हो ।
संचालक रायमाझीका अनुसार डिपार्टमेन्ट स्टोरमा खाद्यान्न, किचेन, इलेक्ट्रोनिकलगायत गरी ७ हजार प्रकारको सामग्री राखिएको छ । उदघाटनकै अवसरमा सेवाग्राहीको अत्यधिक चाप देखेर व्यवसायी रायमाझीले अत्यन्त उत्साह जागेको भन्दै खुशी व्यक्त गरेका छन् ।