स्वास्थ्य

नक्कली पीसीआर रिपोर्ट बोकेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो


काठमाडौँ – वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि सूर्या ल्‍याबबाट पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘हिजो सूर्या ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् ।’

मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।