कोरोना विशेष

कोरोनाबाट बच्न के गर्ने, के नगर्ने ?

उपाय र उपचार


काठमाडौँ – नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएसंगै विस्तारै सरकारले पनि स्वास्थ्य मापदण्डलाई कडाई गर्दै लगेको छ । कोरोना संक्रमण दर बढेसंगै सरकारले सार्वजनिक स्थानमा भेला हुन र कार्यक्रम गर्न रोक लगाएको छ । विद्यालयहरु समेत बन्द गरिएको छ ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले विद्यालय बन्द गर्दे र सार्वजनिक स्थानमा भीडभाड नगर्ने नियम बनाए पछि मंगलबार नै सार्वजनिक स्थानहरुमा सर्वसाधारणको उपस्थीति निक्कै पातलो बनेको छ ।

भारतमा देखिएको उच्च संक्रमण नेपालमा पनि देखिनसक्ने भन्दै बढि मात्रामा सचेतना अपनाउन थालिएको छ । यस्तो अवस्थामा संक्रमण उच्च भई पछुताउनुपर्ने स्थिति नआउला भन्न सकिँदैन । त्यसैले व्यक्ति व्यक्तिबीचको भौतिक दूरी कायम राखी स्वास्थ्यप्रति सचेत रहन जरुरी छ ।

यो रोगबारे हामी सबैमा सही ज्ञान पनि हुनु आवश्यक छ । यो रोगको सङ्क्रमण देखापरेको व्यक्ति र अन्य सबैले उचित सल्लाह समयमा नै पाएमा यो रोगले भयानक रूपसमेत लिन पाउँदैन ।

कोभिड–१९ कोरोना अरू रुघाखोकी जस्तै एक किसिमको रुघाखोकी, फ्लु वा इन्फ्लुएन्जा नै हो । फ्लुलाई इन्फ्लुएन्जा पनि भनिन्छ जुन एक किसिमको भाइरसले गर्दा लाग्ने रोग हो । इन्फ्लुएन्जा गराउने भाइरस पनि तीन किसिमका हुन्छन् । ती हुन् इन्फ्लुएन्जा भाइरस ए, बी र सी । यी भाइरसको विशेषता फरक फरक हुन्छ । इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण चरा चुरुङ्गी, सुँगुर, घोडा, अन्य जनावर लगायत मानिसमा पनि हुन्छ ।
रोकथाम र नियन्त्रणका उपाय

यो रोगबाट बच्न मास्कको प्रयोग सावधानीपूर्वक गर्नु र पटक पटक हात धुनु नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि हो । मास्कको पनि सही तरिकाले प्रयोग गरी नष्ट गर्नुपर्छ । साबुनपानीले नियमित रूपमा हात धुने गर्नुपर्छ । रोगका चिह्न र लक्षण देखिनासाथ तुरुन्त जँचाइहाल्नुपर्छ । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राख्नुपर्छ । सरसफाइमा निकै ध्यान दिनुपर्छ । अनावश्यकरूपले घरीघरी नाक मुखमा हात नलैजाने र व्यक्तिगत आनीबानीमा समेत सुधार गर्नुपर्छ ।

आम नागरिकले के गर्ने ?

हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्न सकिन्छ । जस्तो– इबोलाबाट जोगिन कुहिना जोड्ने गरेका थिए ।

साबुन पानीले पटक–पटक हात धुने ।

अंकमाल नगर्ने ।

एक मिटर जति टाढा बस्ने ।

ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने ।

झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने ।

जंगली जनावरलाई नछुने । बिरामी घरपालुवा जनावरको पनि सम्पर्कमा नजाने ।

भिडभाडमा नजाने ।

सर्जिकल मास्कको प्रयोग गर्ने । कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ ।

कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ ।

खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने चेक गर्न जाने ।

रोगका बारेमा समुदायमा व्यापक जनचेतना जगाउनुपर्छ । बढी भीडभाडमा नजाने, मुखामुख कुराकानी नगर्ने, अनावश्यक रूपमा घर बाहिर जनसम्पर्कमा नजाने र अनावश्यक यात्रा नगर्ने । जथाभावी नथुक्ने, अन्य अवस्थामा स्वस्थकर बानी व्यवहार अपनाउने, पाखुराको साइडमा खोक्ने वा हाछयुँ गर्ने । अण्डा तथा मासु खानुपर्ने भए निकै राम्रोसँग पकाएर मात्र खानुपर्छ । कोरोनाको कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने । स्कुल, कलेज बन्द गर्ने । एक र अर्को व्यक्ति कमसेकम १ मिटरको दूरीमा मात्र बस्ने जस्ता उपाय अबलम्बन गर्न सकिन्छ ।