स्वास्थ्य

भारतबाट लुकीछिपी नेपाल प्रवेश : कोही खेतको आली–आली, कोही किनारै किनार, हेल्पडेस्क घाममै सुक्यो

सरकार लखतरान, कस्ले जोगाउला जनताको परान ?


काठमाडौँ – कोरोना भाइरसको नयाँ रुप दिनानुदिन फैलिरहेको अवस्थामा नेपाल भारत सीमा क्षेत्रमा कोरोना चेकजाँच कडाइ गर्ने भनिए पनि सर्लाहीको मलंगवा क्षेत्रमा हेल्प डेस्क प्रभावकारी हुन सकेको छैन । खुला सीमामा समेत कोरोनाप्रति जिम्मेवार निकायले हेलचक्र्याइँ गरेका हुन् ।

भारतसंग खुला सीमा जोडीएको नेपालको सर्लाहीस्थीत मलंगवामा राखीएको कोरोना लक्षित हेल्थ डेस्क अर्थहिन् बन्दै गएको छ । मलंगवा नाकाबाट अहिले दैनिक हजारौं मानिसहरुको आवतजावत हुने गरेको छ । सरकारले कोरोनाको महामारीबाट बच्नका लागी लाखौ रकम खर्च गरिरहेको छ । मलंगवा नगरपालिकाले पनि भारतबाट आउने र भारततर्फ जाने मानिसहरुको चेक जाँचको लागि सिमानाकामा हेल्प डेक्सको स्थापना गरेको छ । तर उक्त हेल्प डेक्स मार्फत प्रभावकारी काम हुन सकिरहेको छैन । न त यहाँ आवश्यक प्रविधि छ, न त आवश्यक जनशक्ति नै । हेल्प ड्स्क स्थापना गरिसके पछि त्यसको व्यवस्थापनमा स्थानीय प्रशासन र स्थानीय सरकारले ध्यान नदिएकै कारण उक्त डेस्कले प्रभावकारी काम गर्न नसकेको स्थानीयहरु बताउँछन् ।

खुला सीमा नाका भएकै कारण मुख्य नाका बाहेक अन्य सडकहरुबाट मानिसहरुको सहज रुपमा आवतजावत भइरहेको छ । मानिसहरुको आवातजावत हुने भन्दा अन्यत्र हेल्पडेस्क राखीएको स्थानीयको गुनासो छ । यस्तो लापरवाही सिमानाकामा भइरहदा समेत नगरपालिका र स्थानीय प्रशासनले कुनै चासो देखाएको छैन ।

एक जना स्वास्थ्यकर्मी र एकजना सशस्त्र प्रहरीको(सुरक्षाकर्मी) भरमा स्थापना गरिएको उक्त हेल्प डेक्समा भारतबाट भित्रिने मालबाहक सवारीसाधनका चालक र सचालकको मात्र जाँच गर्ने काम भइरहेको छ । भारतबाट नेपाल आउनेहरु मुख्य नाकाको छेउछाउबाट खेतको आली तथा विभिन्न चोरबाटो भएर आवतजावत गर्ने गरेका छन् ।

हेल्प डेक्समा बत्ती र पानीको समेत सामान्य सुविधा छैन । कोरोनाको नयाँ रुपले पुन एक पटक विश्वमा नै चिन्ताको अवस्था श्रृजना गरिदिएको छ । बालबालिकालाई बढि असर गर्ने भनिएको यस प्रकारको कोरोना नियन्त्रणका लागि सरकारले नयाँ नयाँ नीति अबलम्बन गर्दै जाने तर कार्यान्वयन भने फितलो हुने स्थिति कायम छ । यसले कोरोना नियन्त्रण कागजमै सीमित हुने देखिन्छ ।