कोरोना विशेष

थप १७ सय ३६ जना कोरोना संक्रमण पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १७ सय ३६ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५५ पीसीआर परीक्षणबाट मंगलबार १७ सय ३६ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ८३ एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । यही अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या ३ हजार १ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।