बिजनेस

नेप्से परिसूचक झिनो अंकले वृद्धि


काठमाडौँ – आज नेपाली सेयर बजार मापक नेप्से परिसूचकमा झिनो अंकले वृद्धि आएको छ ।
दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले मात्रै नेप्से परिसूचक बढेको छ ।
उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि स्थिर नै देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार पौने ७ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा आज भने ५ अर्ब ५२ करोड रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।