अर्थनीति

अजोड इन्स्यारेन्सको साधारणसभा सम्पन्न


काठमाडौँ – अजोड इन्स्यारेन्सको तेस्रो बर्षिक साधारणसभा सम्पन्न् भएको छ । साधारणसभाबाट सञ्चालक समितिको सदस्यमा सृजना सुवेदी निर्वाचित भएकी छिन् । कम्पनीको मंगलबार सम्पन्न साधारणसभाले सुवेदीलाई सर्वसाधारण समूहतर्फबाट सञ्चालक समिति सदस्यमा सर्वससम्मत चयन गरेको हो ।

सुवेदी सेयर बजारकी सक्रिय लगानीकर्ता हुन् । लामो समयदेखि सेयर बजारमा लगानी गर्दै आएकी उनी लगानीकर्ताहरुको पुरानो संगठन नेपाल इन्भेष्टर्स फोरमकी सदस्य समेत हुन् ।

साधारणसभाले अन्य सञ्चालकहरु पनि आजै निर्वाचित गर्दैछ । कम्पनीको विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल चयन भइसकेका छन् ।