समाचार

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा स् कोरोनाले प्रभावित


काठमाडौँ – काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको जनबहा द्यस् ९सेतो मच्छिन्द्रनाथ० को रथयात्रा आजदेखि सुरु हुँदै छ।

तर कोरोना संक्रमणको जोखिमका कारण रथयात्रा प्रभावित हुने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गर्ने तयारि थियो । तर हिजो मात्रै सरकारले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरि कुनै पनि कार्यक्रम गर्न नदिने निर्णय गरेकाले आजदेखि सुरु हुन लागेको रथयात्रा प्रभावित भएको हो ।

गत वर्ष पनि कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो।

के हो सेतो मच्छिन्द्रनाथको रथयात्रा ?

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरू हुन्छ।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।