कोरोना विशेष

कलाकार मदनकृष्ण श्रेष्ठ सहित परिवारका पाँचै जनामा कोरोना पुष्टि


काठमाडौँ – कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी सँगै उनको परिवारका पाँच जनामा पनि कोरोना सङ्क्रमण देखिएको हो । कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसहित परिवारका ५ जनामा कोरोना पुष्टि भएको सोमबार जानकारी गराएका छन् ।


साथै कलाकार श्रेष्ठको सोमबार जन्मदिन पनि हो । जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई उनले धन्यवादसमेत दिएका छन् ।