बिजनेस

नेप्से सूचक दुई दिनमै साढे ७३ अंकले घट्यो


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको दोस्रो दिन आज भारी अंकको गिरावट आएको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेरको बजारमा आज पनि ३७.५८ अंकले गिरावट आउदै दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा आइपुगेको छ । आजको बजारमा कारोवार रकम भने औसद देखिएको छ ।

दिनभरिको कारोबारमा ६ अर्ब ७५ करोड ९४ लाख बराबरको शेयर खरिद विक्री भएको हो । आज कारोबार भएका १३ उपसमुह मध्ये हाइड्रोपावर र फाइनान्स समूह बाहेक अन्यसबै समूह घटेका छन् । त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।